काठमाडौं । असोज महिनाको लागि ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । यी सबै बैंकले व्यक्तिगत मुद्दति निक्षेप खाताको ब्याजदर भदौ महिनाको तुलनामा घटाएका हुन् ।
कतिपय वाणिज्य बैंकहरूले ब्याजदर बढाएको भएपनि राष्ट्रियस्तरका विकास बैंकहरुले भने समान रुपमा ब्याजदर घटाएका छन् । विकास बैंकहरूले असोजका लागि ११ प्रतिशत ब्याजदर तोकेका छन् । भदौमा ११.१५ प्रतिशत रहेको थियो ।
यिनीहरूले ०.१५ प्रतिशत ब्याज घटाएका हुन् । बैंकहरूले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ ।