शुभम् पावरमा सकरात्मक सर्किट लाग्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । आइतबार, नेप्से परिसूचक ४२.१४ अंकले घटेर १९६४.९१ अंक विन्दुमा आइपुगेको छ ।

आज ५६ लाख ५९ हजारको कित्ता सेयर २ अर्ब २ करोड ८४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ११ वटा कम्पनीको सेयर मूल्य बढ्दा २१३ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शुभम् पावरमा १० प्रतिशतकोे सकारात्मक सर्किट लागेको छ । थ्रीस्टार हाइड्रोपावरको ७.८९%, बुद्धभुमि नेपालको ५.४४%, युनिक्यु नेपाल लघुवित्तको ४.०८%, कुमारी धनवृद्वि योजनाको २.०७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, मोलुङ हाइड्रोपावरको ९.२१%, मेन्छियाम हाइड्रोपावरको ८.४६%, भुगोल इनर्जिको ८%, दोल्ती पावरको ६.८२%, सिंगटी इनर्जीको ६.४८ प्रतिशतले सेयरमूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स