यामाहाले ल्यायो दशैं तिहार अफर, १ लाख सम्मको क्यास ब्याक र जापान भ्रमण सुविधा

काठमाडौं । यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले ‘यामाहा फेस्टिभ सेलिब्रेशन विथ रोडिज पावर अफ फाइभ’ योजना ल्याएको छ ।

दशैं तिहार तथा छठ पर्वलाई अविस्मरणीय बनाउने गरी आएको सो स्किम अन्तर्गत स्कुटरको खरिदमा ६ हजारदेखी १ लाखसम्म र मोटरसाइकलमा ८ हजारदेखी १ लाखसम्म क्यासब्याक पाउन सकिन्छ ।

यसैगरी लक्की ड्रमार्फत हरेक दिन यामाहा राइडिङ ज्याकेट, हरेक हप्ता आइफोन–१४ र प्रत्येक महिना एकजना भाग्यशाली बिजेताले जापान भ्रमणमा जान पाउनेछन् ।

यामाहाको उत्पादन खरिद गर्नु भनेको केवल यातायातको एक माध्यम मात्र प्राप्त गर्नु नभई दिर्घकालसम्म राइडिङको आनन्दलाई पुनःपरिभाषित गर्नु पनि रहेको कम्पनीले जनाएको छ । यामाहा फेस्टिभ सेलिब्रेशन विथ रोडिज पावर अफ फाइभ योजना प्रस्तुत गर्न पाउँदा आँफूहरु खुशी रहेको एमएडब्लु टु–ह्वीलर्स डिभिजनका सीईओ राजु क्षेत्रीले बताए ।

‘यस चाडपर्वको सिजनमा, हामीले हरेक राइडलाई असाधारण बनाउन र हाम्रा ग्राहकहरूको जीवनमा जादूको स्पर्श थप्ने लक्ष्य राखेका छौं । यामाहा सधैं स्पोर्टिनेस, स्टाइल र एक्साईटमेन्टको पर्यायवाची रहेको छ, र यो योजना त्यही अनुभवलाई बढाउन डिजाइन गरिएको हो’ उनले भने ।

अफर यामाहाका सबै बाइक र स्कुटरहरूमा लागू हुने र देशमा रहेका यामाहाका सबै शोरुमहरूमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स