एनआईसी एशिया बैंकले ३०.५२ प्रतिशत लाभांश दिने, यो वर्ष सबैभन्दा बढी लाभांश दिने बैंक

काठमाडौं । एनआईसी एशिया बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आज बिहान बसेको सञ्चालक समितिको बैठकले कुल ३०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

एनआईसी एशिया सम्भवत यो वर्ष सबैभन्दा बढी लाभांश दिने बैंक बन्ने देखिएको छ । किनकी बढी क्षमता भएका बैंकले पनि यो वर्ष कम लाभांश दिइरहेका छन् । समितिको बैठकले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव पारित गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५ प्रतिशत नगद गरि बैंकले प्रस्ताव गरेको यो लाभांश बिजपाटीले प्रक्षेपण गरेको भन्दा १ प्रतिशत बिन्दु मात्र कम हो । बैंकले सेयरधनीहरुलाई चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३६६ रुपैयाँको कुल ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमध्ये २९ प्रतिशतका दरले हुन आउने ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५५६ रुपैयाँ बोनस सेयर र कर प्रयोजनको लागि १.५२६३ प्रतिशतका दरले हुन आउने १७ करोड ६५ लाख ३ हजार २४० रुपैयाँ नगद लाभांश रहेको छ ।

दुई वर्ष लगानीकर्ताको हात खाली बनाएको एनआईसीले यस पटक ३०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

दुई वर्ष लगानीकर्ताको हात खाली बनाएको एनआईसीले यस पटक ३०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

बैंकले यस वर्ष ३१.५७ प्रतिशत लाभांश दिने क्षमता राखेपनि राष्ट्र बैंकले थप ४०/५० करोड प्रोभिजिङ गर्न लगाएपछि एनआईसी एशिया बैंकको लाभांशमा कैंची लागेको हो । गत वर्ष पनि सेयरधनीलाई लाभांश नदिनएको एनआईसी एशिया बैंकले यस वर्षपनि सेयरधनीलाई सो बराबरको बोनस सेयरमात्रै दिन लागेको हो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकले ६५ करोड ७० लाख रुपैयाँ प्रोभिजिङ गरेको थियो । त्यसमा थप गर्न लगाएपछि त्यसको असर लाभांशमा परेको हो । बैंकले गत आवमा ३ अर्ब ६९ बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ रहेको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/09/nic-devedent.pdf”]

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स