राष्ट्र बैंकले प्रोभिजिङ थप्न लगाएपछि एनआईसी एशिया बैंकको लाभांशमा कैंची, कति दिदैंछ ?

काठमाडौं । एनआईसी एशिया बैंकले २९ देखि ९.५ प्रतिशत लाभांश दिने भएको छ । गत आर्थिक वर्षमा पनि लाभांश नदिएको बैंकले यस वर्ष दशैं अघिनै साधारणसभा गरेर आम सेयरधनीलाई लाभांश दिन सो प्रस्ताव गर्न लागेको हो ।

बैंकले यस वर्ष ३१.५७ प्रतिशत लाभांश दिने क्षमता राखेपनि राष्ट्र बैंकले थप ४०/५० करोड प्रोभिजिङ गर्न लगाएपछि एनआईसी एशिया बैंकको लाभांशमा कैंची लागेको हो । गत वर्ष पनि सेयरधनीलाई लाभांश नदिनएको एनआईसी एशिया बैंकले यस वर्षपनि सेयरधनीलाई सो बराबरको बोनस सेयरमात्रै दिन लागेको हो ।

बैंकले कर प्रयोजनको लागिमात्रै नगर दिने भएको बैंक स्रोतले जानकारी दिएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकले ६५ करोड ७० लाख रुपैयाँ प्रोभिजिङ गरेको थियो । त्यसमा थप गर्न लगाएपछि त्यसको असर लाभांशमा परेको हो ।
बैंकले गत आवमा ३ अर्ब ६९ बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ रहेको छ ।

बैंकले गत आवमा ३ अर्ब ६९ बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ रहेको छ । हाल एनआईसी एशिया बैंक दोस्रो बजारमा मूल्यको हिसाबले ‘लिडर बैंक’ हो । यो बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ८१९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स