सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट,९ लाखले पाए १० कित्ता सेयर, यसरी हेर्नुस् नतिजा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले कम्पनीको आईपीओ आज दिउँसो बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओमा कुल १५ लाख ८४ हजार ५ सय ९७ जनाको आवेदन परेपनि १४ लाख ७ हजार २ सय ३७ जना मात्र सेयर पाउनको लागि योग्य भएको क्यापिटलले जनाएको छ । जसमध्ये १ लाख ७७ हजार ३ सय ६० जना आवेदन अयोग्य भएका छन् ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको छ । यस हिसाबमा गोलाप्रथाबाट ९ लाख जना आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् भने बाँकी आवेदक भने हात खाली भएका छन् ।

कम्पनीले भदौ १५ गतेदेखि भदौ १९ गतेसम्म सर्वसाधारणलाई ९० लाख कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २४४ रुपैयाँमा सेयर निष्काशन गरेको हो ।

कम्पनीले यस अघि श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि रहेको छ ।

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७५ करोड पुग्ने छ । कम्पनीमा संस्थापकहरुले २ अर्ब ६२ करोड ५० लाख लगानी गरेका छन् । कम्पनीले कुल पुँजीको ३० प्रतिशत आईपीओ निष्काशन गरेको हो।

कम्पनीको आईपीओको नतिजा प्रकाशन भएको केहि समयपछि यी ३ तरिकाबाट नतिजा हेर्न सकिने छ ।

१. बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको वेबसाइट : https://www.nimbacecapital.com
२.सिडीएससीको मेरोशेयरको वेबसाइट : meroshare.cdsc.com.np/#/login,
३.सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट : iporesult.cdsc.com.np/  बाट हेर्न सकिने छ ।

मेरोशेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स