अब घरजग्गा खरिद गर्दा धितोको ४० प्रतिशतमात्रै ऋण पाइने

काठमाडौं्र । अब उपत्यकामा घरजग्गा खरिद गर्न चाहने खरिदकर्ताले धितोको ४० प्रतिशतमात्रै कर्जा पाउने भएका छन् । एकिकृत निर्देशन, २०७७ लाई संसोधन÷परिमार्जन तथा थप व्यवस्था गर्दै राष्ट्र बैंकले घर जग्गा धितो सुरक्षण र ‘फेयर मोर्कट भ्याल्यु’ बीचको अनुपात ‘लोन टु भ्याल्यु रेसियो’ उपत्यका बाहिर र भित्र दुबैमा घटाएको हो ।

बाहिर घरजग्गा खरिद गर्न चाहेका भने धितोको ५० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था निर्देशिकाले गरेको छ । यसअघि घरजग्गा खरिदगर्दा उपत्यका बाहिर धितोको ६० प्रतिशत र भित्रका लागि ५० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था गरेको थियो ।

जारी निर्देशनमा भनिएको छ–‘घर/जग्गा धितो राखी यस्तो कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणबीचको काठमाडौं उपत्यकाभित्र बढीमा ४० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ५० प्रतिशतसम्म मात्र कायम गर्नु पर्नेछ ।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स