भोलि सार्वजनिक विदा, सेयर बजार पनि बन्द

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा सरकारले भोलि बिहीबार सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयले सूचना प्रकाशित गरी भोलि भदौ २८ गते विदा हुने जनाएको हो ।

वर्तमान प्रतिनिधिसभासदस्यसमेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान असामयिक निधन भएको थियो । त्यो दिन सरकारले नेपालभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा विदा दिने र तत्तत् निकायका कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ ।

सरकारले सार्वजनिक विदा दिएसँगै भोलि सेयर बजार पनि बन्द रहने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स