नेपाल बैंकर्स संघ र इन्भेस्ट फर इम्प्याक्ट नेपालद्वारा संयुक्त रुपमा ‘मुभिङ टुवार्डस सस्टेनेबल फाइनान्सिक इन नेपाल’ कार्यक्रम आयोजना

काठमाडौं । नेपाल बैंकर्स संघ र इन्भेस्ट फर इम्प्याक्ट नेपालले संयुक्त रुपमा ‘मुभिङ टुवार्डस सस्टेनेबल फाइनान्सिक इन नेपाल’ नामक एक कार्यक्रम आयोजना गरेका छन्।

नेपालको वित्तीय क्षेत्रलाई सस्टेनेबल फाइनान्सिङ उन्मुख बनाउन, यसको वर्तमान अवस्थाको मूल्यांकन तथा यससँग सम्बन्धित विषयहरुलाई समाधान गर्दै कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयका साथै ईएसजी सर्टिफिकेसन कोर्सको शुभकामनाका बारेमा कार्यक्रम केन्द्रित थियो।

कार्यक्रममा स्वागत् मन्तव्य राख्दै नेपाल बैंकर्स संघ (एनबीए)का अध्यक्ष सुनिल केसीले वर्तमान परिवेशमा सस्टेनेबल फाइनान्सिकको सान्दर्भिकता र यसको महत्वमाथि प्रकाश पार्दै यसबाट बैंक तथा वित्तीय संस्थाहरुमात्र नभई हरेक सरोकारवालाहरु दीर्घकालीन रुपमा लाभान्वित हुने बताए।

अध्यक्ष केसीले सस्टेनेबल फाइनान्सिकमा नेपाल बैंकर्स संघको दीर्घकालीन लक्ष्यका बारेमा पनि उल्लेख गरे।

कार्यक्रमको अवसरमा इन्भाइरोमेन्ट म्यानेजमेन्ट सेन्टर (ईएमसी) इन्डियाका प्रबन्ध निर्देशक डा. प्रसाद मोदकले नेपालको बैंकहरुमा ईएसजी इम्प्लिमेन्टेसनको वर्तमान अवस्था, प्राप्त उपलब्धि र यसमा सुधार गर्नुपर्ने पक्षहरुलाई समेटेर नेपाल बैंकर्स संघ र आईआईएनको सहयोगमा गरिएको ईएसजी बेन्चमार्किङ स्टडीको सारांश प्रतिवेदन प्रस्तुत गरेका थिए।

त्यसैगरी कार्यक्रममा सस्टेनेबल फाइनान्सिकसँग सम्बन्धित विविध पक्षहरु लाई समेट्दै यसको अन्तर्राष्ट्रिय अभ्यासका बारे बार्सिलोना स्कुल अफ म्यानेजमेन्टका प्राडा मार्कोस इगुइगुरेनले आफ्नो प्रस्तुति दिएका थिए।

कार्यक्रमका विशेष अतिथि एफएमओका प्रमुख कार्यकारी अधिकृत मिखेल योंगनिलले सस्टेनेबल फाइनान्सिकका सम्बन्धमा एफएमओले गर्दै आइरहेको कार्यक्रम तथा सहकार्यहरुबारे जानकारी गराएका थिए।

त्यसपश्चात नेपाल राष्ट्र बैंकका कामु गभर्नर डा। निलम ढुंगाना तिम्सिना तथा एफएमओका प्रमुख कार्यकारी अधिकृत मिखेल योंगनिलले संयुक्त रुपमा नेपाल बैंकर्स संघले इन्भेस्ट फर इम्प्याक्ट नेपालको सहकार्यमा Pompeu Fabra विश्वविद्यालय – व्यवस्थापनको बार्सिलोना स्कूलद्वारा सञ्चालन गर्ने ईएसजी सर्टिफिकेसन कोर्षको शुभारम्भ भएको घोषणा गरेका थिए। उक्त पाठ्यक्रम तीनवटा प्रमुख स्तम्भहरु – ईएसजीको ऐतिहासिक विकास र महत्व, नियमनकारी ढाँचा र व्यावहारिक पक्षहरुलाई समेटेर तयार गरिएको छ। उक्त पाठ्यक्रम नेपालमा सस्टेनेबल फाइनान्सिकसम्बन्धी ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्दै दक्ष जनशक्ति उत्पादन गर्न कोषे ढुंगा सावित हुने बिश्वास लिइएको छ।

प्रमुख अतिथि कामु गभर्नर तिम्सिनाले सस्टेनेबल फाइनान्सिकमा राष्ट्र बैंकले लिएका नीतिगत कदमहरु र यसलाई अझ प्रभावकारी बनाउन गरिएको प्रयासको बारेमा प्रकाश पारेकी थिइन्। यसका साथै नेपाल बैंकर्स संघ र बार्सिलोना स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन गर्न लागिएको ईएसजी सर्टिफाइड पाठ्यक्रमको सफलताका लागि शुभकामना व्यक्त गरिन्।

कार्यक्रममा राष्ट्र बैंकका प्रतिनिधि, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरु, विकास साझेदार निकाय तथा संस्थाका प्रतिनिधि र पत्रकारको उपस्थितिमा सञ्चालन गरिएको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स