नेप्सेमा लक्ष्मी भ्यालु फण्ड-२ को ८ करोड इकाईहरु सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी भ्यालु फण्ड-२ को इकाईहरु सूचीकृत भएको छ । बुधबार फण्डको ८ करोड इकाईहरु नेप्सेमा सूचीकृत भएको हो ।

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस फण्डले गत साउन ५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि प्रति इकाई १० रुपैयाँका दरले निष्काशन तथा बिक्री खुला गरेको थियो ।

नेप्सेमा LVF II नामबाट फण्डको इकाईहरु आउदो भाद्र ३१ गतेदेखि दोस्रो बजारमा कारोबार हुनेछ ।

कोष प्रबद्र्धक लक्ष्मी सनराईज बैंक लिमिटेड रहेको यस फण्डको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स