नेप्से ३९ अंकले बढ्दा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको चौथो दिन सेयर बजारमा उछाल आएको छ ।

बुधबार, नेप्से परिसूचक ३९.४८ अंकले बढेर २००७.०६ अंक विन्दुमा आइपुगेको छ ।

आज ५१ लाख ४४ हजारको कित्ता सेयर १ अर्ब ४९ करोड ५५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २१३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनआईसी एसिया बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ७ करोड ९३ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, सोल्टी होटलको ६ करोड ७० लाख, एभरेष्ट बैंकको ६ करोड ३८ लाख, शिवम् सिमेन्ट्सको ५ करोड ७२ लाख, आईएमई लाइफ इन्स्योरेन्सको ३ करोड ८८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स