काठमाडौं । सरकारले संसद्मा दर्ता गरेको शिक्षा ऐन संशोधन विधेयकमा सार्वजनिक विद्यालयमा अध्यापन हुने गणित, विज्ञान र कम्प्युटर विषयको शिक्षणको माध्यमभाषा अंग्रेजी हुनु पर्ने प्रस्ताव गरेको छ ।
संशोधन विधेयकमा शिक्षणको माध्यमभाषा नेपाली, संस्कृत, मातृभाषा वा अंग्रेजी हुनु पर्ने व्यवस्था गरिएता पनि उक्त विषयका शिक्षणको माध्यमभाषा अंग्रेजी नै हुनु पर्ने प्रस्ताव गरिएको छ । नेपाली मौलिक कला, संस्कृति, सभ्यता‚ सामाजिक रहनसहन समेटिएका सामाजिक अध्ययनका विषयहरु भने नेपाली वा मातृभाषाको माध्यमबाट अध्यापन गराउनु पर्ने प्रस्ताव गरिएको छ । शिक्षा ऐन (संशोधन सहित), २०७५ मा भने विद्यालय शिक्षाको शिक्षणको माध्यमा नेपाली, अंग्रृेजी र आधारभूत तहको कक्षा ५ सम्मको शिक्षण्को माध्यम मातृभाषामा समेत हुन सक्ने प्रावधान थियो ।