सिप्रदी अटोपार्ट्स र डायनामिक टेक्नोसफ्टबीच सफ्टवेयर उपलब्ध गराउने सम्झौता

काठमाडौं । टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेड र डायनामिक टेक्नोसफ्टबीच सहकार्य गर्ने सहमति भएको छ । टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको खुद्रा बिक्रेतालाई ईआरपी सफ्टवेयर उपलब्ध गराउने सम्झौता भएको छ ।

सिप्रदी अटोपार्टस्का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र डायनामिक टेक्नोसफ्टका निर्देशक सन्दीप के.सीले सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेशनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौताको पहिलो चरणमा काठमाडौंका चार खुद्रा व्यापारी, श्रेया मोटर पार्टस्, बिजेता अटो पार्टस्, कालीदेवी सेतीदेवी मोटर पार्टस् र पाँचखाल अटो स्पेयरलाई ईआरपी सफ्टवेयर दिइएको छ ।

यो सफ्टवेयर प्रयोग गरेर खुद्रा बिक्रेताहरूले खाता र स्टक व्यवस्थापन गर्न मद्दत प्राप्त गर्नेछन । यो सफ्टवेयर खुद्रा बिक्रेताहरु को लागी व्यापार वृद्धि र व्यवस्थापन को लागी माइलस्टोन हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स