नेप्सेमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयर सूचीकृत,ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ। बुधबार कम्पनीको कुल ४ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा संस्थापक समूहको २ करोड ८० लाख कित्ता (७० प्रतिशत) र सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को १ करोड २० लाख कित्ता सेयर रहेको छ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १६२.२९ रुपैयाँ देखि ४८६.८७ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय गर्न गरेको छ । कम्पनीको ‘आरएनएलआई’ सिम्बलबाट कारोबार हुने छ ।

कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, भोलि बिहीबार सरकारले सार्वजनिक विदा दिएकोले सेयर बजारमा पनि बन्द रहनेछ। सेयर बजार शुक्रबार बन्द रहने भएकोले अब यो कम्पनीको सेयर आइतबारबाट कारोबारमा आउने छ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स