मिड सोलु हाइड्रोपावरको आईपीओ निष्काशन हुने मिति परिवर्तन, कहिले हुँदैछ ?

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ निष्काशन हुने मिति परिवर्तन भएको छ। कम्पनीले भोलि भदौ २८ गते देखि निष्काशन गर्न लागेको आईपीओ सार्वजनिक विदा परेकोले मिति परिवर्तन हुने भएको हो ।

बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले भोलि बिहीबार निष्काशन हुने आईपीओ मिति परिवर्तन भई भदौ २९ गते शुक्रबारदेखि निष्काशन हुने जनाएको हो ।

क्यापिटलले यसबारे शुक्रबार सूचना प्रकाशन गरिने जनाएको छ ।

योसँगै अब कम्पनीले भदौ २९ गतेदेखि सर्वसाधारणका लागि ६ लाख २१ हजार १ सय ७२ कित्ता सेयर निष्काशन गर्ने छ ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको सेयर बाँडफाँट गरिसकेको छ ।

लगानीकर्ताले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको आवेदन दिन सकिने छ । यस निष्काशनमा असोज २ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी क्यापिटल रहेको छ ।

कम्पनीले सोलुखुम्बु जिल्लाको साविक सल्लेरी गाविसमा ९.५ मेगावाट क्षमताको मध्य सोलुखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ पुस १५ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ। आयोजना प्रति मेगावाट लागत २१ करोड ९३ लाख रहेको छ भने कुल लागत २ अर्ब ८ करोड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स