वार्षिक साधारण सभा घोषणा गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे बैंक, १४ प्रतिशत लाभांश दिँदै

काठमाडौं । माछापुच्छ्रे बैंकले आगामी असोज १८ गते बिहीबारका दिन वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । आम सेयरधनीलाई दशैं अघि नै खर्च दिन माछापुच्छ्रे बैंकले साधारण गर्न गर्ने मिति तय गरेको हो । योसँगै गत आव २०७९/८० मा साधारण सभा घोषणा गर्ने पहिलो बैंक बनेको हो ।

बैंकले सेयरधनीहरुलाई गत आवको मुनाफबाट १ अर्ब ३६ करोड ४२ लाख एक हजार ६९२ (चुक्तापुँजीको १३.३० (प्रतिशत) बोनस र ७ करोड १८ लाख ८९ रुपैयाँ चुक्तापुँँजीको ०.७० प्रतिशत) नगद लाभांश कर प्रयोजनको लागि गरेर जम्मा कर सहित १४ प्रतिशत लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृत प्रदान गरेसँगै मिति २०८० भदौ २६ गते बसेको बैंकको सञ्चालक गर्न लागेको हो ।

राष्ट्र बैंकले उक्त लाभांश स्वीकृत गरेसँगै सञ्चालक समितिको बैठकले उपरोक्त मितिमा वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त लाभांश बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात वितरण हुनेछ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैंया खुद नाफा गरेर प्रतिसेयर आम्दानी १५ रुपैंया ८५ पैसा कायम गरेको थियो । बैंकको चुक्तापुँजी १० अर्ब २५ करोड रुपंैया तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैयाँ संचित छ ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैकिङ सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०२ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स