सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट हुने मिति र समय तय, कति जनाको हात पर्दैछ सेयर ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट हुने मिति र समय तय भएको छ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले कम्पनीको आईपीओ भदौ २८ गते बिहीबार दिउँसो २ बजे बाँडफाँट गर्ने तयारी गरेको हो ।

कम्पनीले भदौ १५ गतेदेखि भदौ १९ गतेसम्म सर्वसाधारणलाई ९० लाख कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २४४ रुपैयाँमा सेयर निष्काशन गरेको हो ।

कम्पनीले यस अघि श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि रहेको छ ।

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७५ करोड पुग्ने छ । कम्पनीमा संस्थापकहरुले २ अर्ब ६२ करोड ५० लाख लगानी गरेका छन् । कम्पनीले कुल पुँजीको ३० प्रतिशत आईपीओ निष्काशन गरेको हो।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १५ लाख १० हजार ६९३ जना आवेदकले १ करोड ६७ लाख ९० हजार १८० कित्ताका लागि आवेदन दिएका थिए ।

जुन कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ९० लाख कित्ता सेयरको १.८६ गुणाबढी हो ।

कम्पनीको आईपीओमा माग भन्दा बढीको आवेदन परेकाले गोलाप्रथा मार्फत सेयर बाँडफाँट हुने छ । यस हिसाबमा ९ लाख जना आवेदकले १० कित्ताको दरले सेयर पाउने देखिन्छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स