कलाकार हरिवंश आचार्यले बीवाईडीको अनुहार र काम दुबै राम्रो भएको बताएका छन् । बीवाईडीको बाण्ड एम्बाष्डर समेत रहेका आचार्यले कुनै गाडीको लुक्स राम्रो काम नराम्रो त कुनैको लुक्स नराम्रो काम राम्रो हुने बताउँदै उनले भने ‘बीवाईडी गाडीहरूमा प्रफेक्ट छ । ‘मैले बाण्ड एम्बाष्डर भएर बीवाईडी चढ्दा बाटोमा फाट्फूट भेट्थे,’ उनले भने ‘तर अहिले हरेक ५/७ वटा गाडीको अन्तरालमा बीवाईडी भेटिन्छ । म बीवाईडी चढेर लामो यात्रामा पनि गए, तर असहज भएको छैन।’
आज सोमबार बीवाईडीको नयाँ सेगमेन्ट लन्च गर्ने क्रममा बाण्ड एम्बाष्डर आचार्यले सो कुरा बताएका हुन् । साइमेक्स इंकले आज फ्युचरिस्टिक डल्फिनको लन्च गरेको छ । उक्त गाडीको मूल्य ३९ लाख ८० हजार रहेकोे छ । बीवाईडी डल्फिन नेपाली बजारको बहुप्रतिक्षित ह्याचब्याग सेगमेन्टको विद्युतीय गाडी हो। यो ह्याचब्याग बीवाईडीको ओसियन सिरिज (महासागर श्रृंखला) को पहिलो गाडी हो।