४० प्रतिशत लाभांश क्षमता राखेको एभरेष्ट बैंकले दशैं अघिनै सेयर धनीलाई यति दिँदै छ खर्च, यस्तो छ बैंकको इतिहास

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १९ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा बढी लाभांश दिने क्षमता राखेको एभरेष्ट बैंकले सेयरधनीलाई दशैं अघि नै लाभांश दिएर खुशी बनाउने भएको छ । बैंकले दशै अघि नै सेयरधनीलाई लाभांश दिनको लागि नेपाल राष्ट्र बैंकबाट आर्थिक वर्ष २०७९/०८० को प्रारम्भिक वित्तीय विवरण स्वीकृत गराएको हो ।

हिजो आइतबार राष्ट्र बैंकले बैंकको प्रारम्भिक वित्तीय विवरण स्वीकृत दिएको हो । अब छिट्टै सञ्चालक समितिको बैठक बसेर बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गर्नेछ ।

यो बैंकले गत वर्षको नाफाबाट ४० प्रतिशतको हाराहारीमा लाभांशको क्षमता बनाएको छ । बैंकले लाभांश वितरण गर्दा बोनसलाई भन्दा नगद लाभांशमा जोड दिंदै आएको छ । बैंकले नियामक निकायले दिएको कानुनको अक्षराक्षर पालना गरेकोले सधैको वर्षमा लाभांश बाड्न पाएको छ ।

विदेशी साझेदार पार्टनर रहेको यस बैंकमा पहिलो पटक नेपाली प्रमुख कार्यकारी अधिकृत सुरेश खालिङ बनेका हुन् । उनले बैंकको कार्यभार सम्हालेपछि बैंक अब्बल बनेको छ । एभरेष्ट बैंकका ग्राहकले सहज बैंकिङ सुविधा पाएका छन् भने सेयरधनीले हरेक वर्ष लाभांश पाउँदै आएका छन् । अघिल्लो आर्थिक वर्षको वितरणयोग्य नाफाबाट एभरेष्ट बैंकले गत आर्थिक वर्षमा १३ प्रतिशत बोनस र ७.६८ प्रतिशत नगद गरि २०.६८ प्रतिशत लाभांश दिएको थियो ।

आव २०७७/७८ मा बैंकले ६ प्रतिशत बोनस र ४.३२ प्रतिशत नगद गरी १०.३२ प्रतिशत लाभांश वितरण गरेको थियो । २०७६/०७७ मा बैंकले ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद गरी १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बैंकले वितरण गरेको १२ वर्षको लाभांश हेर्ने हो भने यो पछिल्लो २ आवमा वितरण गरेको लाभांश सबैभन्दा कम हो । आव २०७१/०७२ देखि बोनस सेयरमा फोकस गरेको बैंकले गत आर्थिक वर्षदेखि भने नगदलाई बढी फोकस गर्ने भएको छ । बोनस सेयरलाई फोकन गरेर लाभांश वितरण गर्दा बैंकमा पुँजीको आकार बढ्ने हुँदा अब बैंकले नगदलाई बढी फोकस गर्न लागेको हो ।

आर्थिक वर्ष २०७५/०७६ मा ५ प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश वितरण गरेको एभरेष्ट बैंकले आव २०७४/०७५ मा भने २० प्रतिशत नगद लाभांश वितरण गरेको छ । त्यसपछिको पछिलो ३ वर्ष भने बैंकले ७३ प्रतिशतभन्दा बढीसम्म लाभांश वितरण गरेको छ । सो लाभांशमा नगलको भन्दा बोनसको बढी रहेको छ ।

एभरेष्ट बैंकले आव २०७३/०७४ मा ३३ प्रतिशत बोनस र १.७४ प्रतिशत नगर, २०७२/०७३ मा ७० प्रतिशत बोनस र ३.६७५ प्रतिशत नगद र २०७१/०७२ मा ३० प्रतिशत बोनस र ६.५७ प्रतिशत नगद गरी क्रमशः ३४.७४ प्रतिशत, ७३.६७५ प्रतिशत र ३६.५७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यसैगरी आव २०७०/०७१ मा १२ प्रतिशत बोनस र ५० प्रतिशत नगद गरी ६२ प्रतिशत लाभांश बाढेको बैंकले आव २०६९/०७० मा १० प्रतिशत बोनस र ५०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

अघिल्ला वर्षमा भने बैंकले एक वर्ष बोसनलाई फोकस गरेको छ भने अर्को वर्ष नगदलाई फोकस गरेर लाभांश वितरण गरेको छ । बैंकले आव २०६८/०७९ मा ३० प्रतिशत बोनस र १.५८ प्रतिशत नगद लाभांश वितरण गरेको छ भने आव २०६७/०६८ मा १० प्रतिशत बोनस र ५० प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स