माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने गर्यो घोषणा, लाभांश घोषणा गर्ने बन्यो पहिलो बैंक

काठमाडौं । माछापुच्छ्रे बैंकबाट लाभांश घोषणाको शुरुवात भएको छ । माछापुच्छ्रे बैंकले गत वर्षको नाफाबाट १३.३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट माछापुच्छ्रे बैंकले लाभांश वितरण गर्न पाएको थिएन ।

माछापुच्छ्रे बैंकले क्यापिटल एडिक्वेसी रेसियो (सीएआर) ८.५ प्रतिशत कायम गर्न नसक्दा राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएको थियो। गत आर्थिक वर्ष १ अर्ब ८५ करोड खुद नाफा कमाएको माछापुच्छ्रेको वितरणयोग्य नाफा १ अर्ब ५६ करोड रहेको छ । बैंकले वितरणयोग्य नाफा बराबरकै लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत दिइ बैंकको साधारणसभाले पास गरेपछि बैंकले आम सेयरधनीको खातामा लाभांश वापतको नगद रकम पठाउने छ भने सेयर समायोजन पनि त्यसपछिनै हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स