एनएमबि बैंक ग्यारेन्टी बसेपछि छुटे भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ, अन्य कति बुझाए धरौटी

काठमाडौं । भाटभेटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ ७६ दिनपछि रिहा भएका छन् । अदालतले तोकेको धरौटी २ करोड ४६ लाख रुपैयाँ बुझाएर उनी रिहा भएका हुन् । एनएनबि बैंक धरौटीका लागि ग्यारेन्टी बसेको छ ।
गुरुङलाई ललिता निवासको जग्गा किर्ते गरेर हडपेको आरोप लागेको छ । उनी असार १२ गते पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका हुन् ।

ललिता निवासको जग्गा भाटभटेनीका सञ्चालक गुरुङ, उनको परिवार र कम्पनीको नाममा रहेकाले उनी कसुरदार होइनन् भनेर अहिले नै भन्न नमिल्ने भएकाले अदालतले धरौटी माग गरेको हो ।

अदालतको आदेशमा भनिएको छ–‘सरकारले अधिग्रहण गरेको जग्गा जफत भएको भनि शैलजा राणासमेतको नाममा रहेको करिब ११२ रोपनी जग्गा अधिकांश हिस्सा २०६० यता गुरुङ, उनको परिवारका सदस्य र कम्पनीको नाममा रहेकाले उनी कसुरदार रहेनछन् भनेर तत्काल भन्ने अवस्था देखिएन ।’

एक साता लामो बहसपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको इजलासले गुरुङलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो। गुरुङको पक्षबाट शम्भु थापा, सुशील पन्त, कोमलप्रकाश घिमिरे, रमण श्रेष्ठ, उपेन्द्रकेशरी न्यौपाने, ललित बस्नेत लगायत ९ जना कानुन व्यवसायीले बहस गरेका थिए।

यस्तै आरोपमा थुनामा रहेका कलाधर देउजा पनि बैंक ग्यारेन्टीमै रिहा भएका छन् । अन्य १५ प्रतिवादीले नगद नै धरौटी रकम बुझाएका छन् । प्रहरीले सुरुमा संगठित अपराधमा म्याद थप गरेर ६० दिनसम्म अनुसन्धान गरेकामा सरकारी वकिल कार्यालय काठमाडौंले किर्ते सम्बन्धी कसूरमा मात्र मुद्दा दर्ता गरेको थियो।

प्रतिवादीका तर्फबाट बहस गरेका कानुन व्यवसायीले अभियोजन नै गैरकानुनी भएको दाबी गरेका थिए । उनीहरुले पक्राउ परेकाहरुलाई संगठित अपराधमा म्याद थपेर राखिएकामा संगठित अपराधमा मुद्दा नचल्ने निर्णय सरकारी वकिल कार्यालयबाटै भएकाले अभियोजन गैरकानुनी भएको र हदम्याद समेतको आधारमा मुद्दा खारेजीको माग गरेका थिए ।

२०७६ माघ २२ गते पूर्र्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी लगायत १७५ जनाविरुद्ध दायर मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङका हकमा ५० करोड ४७ लाख रुपैयाँको बिगो दाबी गरेको थियो। त्यो मुद्दामा गुरुङ २ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

प्रहरीले १८ जनालाई पक्राउ गरेका थिए । प्रकरणमा ३१२ जनाविरुद्ध मुद्दा दायर गरिएकोमा प्रतिवादीमध्ये २१ जनाको निधन भइसकेको छ । पक्राउ परेका सबै जनालाई छाड्न अदालतलेआदेश दिएको छ।

जग्गा फिर्ता गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएका केशव तुलाधरलाई साधारण तारेख र अन्य १७ जनालाई धरौटीमा छाड्ने आदेश दिइएको हो। अभियुक्तहरुसँग १ लाख १० हजार देखि २ करोड ४६ लाख रुपैयाँसम्म धरौटी मागिएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स