४ कम्पनीले मागे सेबोनसँग साढे ७८ करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्ने अनुमति, कुन कम्पनीको कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डसँग ४ वटा पावर कम्पनीले हकप्रद सेयर जारी गर्न अनुमति मागेका छन् । लिवर्टी इनर्जी, ङादी ग्रुप पावर, बरुण हाइड्रोपावर र आँखुखोला जलविद्युत कम्पनीले बोर्डसँग अनुमति मागेका हुन् । यी चार कम्पनीले करिब ७८ करोड ५९ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्न लागेका हुन् ।

लिवर्टी इनर्जीले ५० प्रतिशत अर्थात् १ः०.५ अनुपातमा ७५ करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो । हाल यसको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।

ङादी ग्रुप पावरले १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा १ करोड ८५ लाख १२ हजार ७९२.३२ कित्ता हकप्रद सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको छ । यसको कायम चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।

आँखुखोला जलविद्युतले १५०% अर्थात, १ः१.५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । यी सबै कम्पनीले बोर्डको अनुमति पाएपछि हकप्रद सेयर बिक्री खुला गर्नेछन् । सबैले १०० रुपैयाँ अन्कित मूल्यमा सेयर जारी गर्न अनुमति मागेका हुन् ।

त्यस्तै, बरुण हाइड्रोपावर लिमिटेले पनि १०० प्रतिशत अर्थात, १ः१ अनुपातमा ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको हो । यस कम्पनीको हाल कायम चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर बिक्रीपछि बरुणको चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स