४ कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । आइतबार, नेप्से परिसूचक १०.२३ अंकले बढेर १९४२.६८ अंक विन्दुमा आइपुगेको छ ।

आज ४३ लाख १४ हजारको कित्ता सेयर १ अर्ब ७ करोड २२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १५२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६६ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सुर्योदय वोमी लघुवित्तमा १०%, शुभम पावरको ९.९९%, न्यादी हाइड्रोपावरको ९.९८%, मेन्छियाम हाइड्रोपावरको ९.९६ प्रतिशतले सकारात्मक सर्किट लागेको छ । थ्री स्टार हाइड्रोपावरको ८.४२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, हिमाल दोलखा हाइड्रोपावरको ७.८१%, मन्ज्श्री फाइनान्स डिभेन्चरको ५.८७%, सिंगटी हाइड्रोको ५.८६%, मनकामना लघुवित्तको ३.८३%, कुमारी इक्विटी फण्डको ३.५० प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स