माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २० हजार ५३२ जनाले पाए १० कित्ता सेयर, यसरी हेर्नुस् नतिजा

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले कम्पनीको सेयर आज बिहान बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओमा कुल १० लाख १६ हजार ७ सय १४ जनाको आवेदन प्राप्त भएको थियो । जस मध्ये ८ लाख ७२ हजार ८ सय ३७ जना आवेदक मात्र सेयर सदर भएको क्यापिटलले जनाएको छ । यस हिसाबमा १ लाख ४३ हजार ८ सय ७७ जना आवेदक सेयर बदर भएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथामार्फत सेयर बाँडफाँट गरिएको छ । जस मार्फत १ लाख २० हजार ५ सय ३२ जना आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् भने बाँकी आवेदकको हातखाली भएको छ ।

कम्पनीको आईपीओको नतिजा प्रकाशन भएको केहि समयपछि यी ३ तरिकाबाट नतिजा हेर्न सकिने छ ।

१. बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट : https://www.prabhucapital.com/,
२.सिडीएससीको मेरोशेयरको वेबसाइट : meroshare.cdsc.com.np/#/login,
३.सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट : iporesult.cdsc.com.np/  बाट हेर्न सकिने छ ।

मेरोशेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

कम्पनीले भदौ १० गतेदेखि भदौ १३ गतेसम्म सर्वसाधारणलाई १२ लाख ५ हजार ३ सय २० कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँमा सेयर निष्काशन गरेको हो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसअनुसार भाग्यमानी १ लाख २५ हजार ३२ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।

कम्पनीले यस अघि नै आयोजना प्रभावित ललितपुर र मकवानपुर जिल्लाका स्थानीय तथा श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

कम्पनीले मकवानपुर जिल्लाको कोगटे स्थित इपामा २२ मेगावाट क्षमताको बागमती नदी जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ । सो आयोजनाले २०७५ चैत्र १८ गतेबाटै विद्युत उत्पादन शुरु गरिसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स