काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमाल दोलखा हाइड्रोको हकप्रद सेयर सूचीकृत भएको छ । बिहीबार कम्पनीको १ करोड २० लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
कम्पनीले ७५ प्रतिशत हकप्रद निष्काशन गरेको थियो । सोहि सेयर आज सुचिकृत भएको हो ।
सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।