काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ।
काठमाडौंको रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि धारिलो हतियार (खुकुरी)ले आक्रमण भएको हो ।
यादवमाथि धारिलो हतियारले आक्रमण गरिएको र उनको टाउको पछाडि चोट लागेको प्रहरीले जनाएको छ ।
उनीमाथि खुकुरी हानेको आरोपमा सुशीलबाबु सापकोटालाई प्रहरीले पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए । सापकोटालाई सिंहदरबार प्रहरी वृत्तमा लगिएको छ ।
यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।