काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले घटेर १ लाख १२ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय ४५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १४ सय ३० रूपैयाँ कायम भएको छ ।