एनएमबि माइक्रोफाइनान्समा सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । मंगलबार, नेप्से परिसूचक ६.४५ अंकले घटेर १९६१.३७ अंक विन्दुमा आइपुगेको छ ।

आज २४ लाख ८० हजारको कित्ता सेयर ७९ करोड ६८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ७१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५१ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनएमबि माइक्रोफाइनान्स लघुवित्तमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । नेरुडे लघुवित्तको ९.८५%, इङ्वा हाइड्रोपावरको ७.३२%, सान्जिन जलविद्युतको ६.४८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै,आरबीबी म्युचुअल फण्ड-२ को १०% र लिवर्टी इनर्जी कम्पनीको ९.९८ प्रतिशतले नकारात्मक सर्किट लागेको छ । आशा लघुवित्तको ७.६१%, आत्मनिर्भर लघुवित्तको ७.१९%, बाराही हाइड्रोपावरको ६.४७ प्रतिशतले सेयर मूल्य घटेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स