१३ निर्माण तथा आपूर्तिकर्ता कम्पनी परे कालोसूचीमा, ३ वर्षसम्म कुनै पनि खरिद कारोबार गर्न नपाउने

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण तथा आपूर्तिकर्ता कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।

तोकिएको समयमा निर्माण तथा आपूर्तिको काम नसकेपछि विभिन्न सार्वजनिक कम्पनीहरुले लेखी पठाएबमोजिम यी १३ कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको हो ।

यसरी कालोसूचीमा पर्ने कम्पनीले १ वर्षदेखि ३ वर्षसम्म कुनै पनि खरिद कारोबार गर्न पाउने छैनन् ।

कालोसूचीमा परेका कम्पनीहरुमा बाबा इन्फ्रा प्रोजेक्ट (नेपालगन्ज), गणपति कन्स्ट्रक्सन (कञ्चनपुर), नवनिर्माण कन्स्ट्रक्सन एण्ड बिल्डर्स (पोखरा), अरविन्द्र कन्स्ट्रक्सन (भरतपुर), आज्ञा एण्ड कम्पनी (बिराटनगर), चुलीडाँडा निर्माण सेवा (स्वयम्भू), यूडी एलिस कन्स्ट्रक्सन एण्ड सप्लायर्स (टेकु), इपिक कम्प्युटर्स ट्रेडर्स (पुतलीसडक), जोशी विज हाउस (नयाँ बानेश्वर), मकर गणेश कन्स्ट्रक्सन (फर्पिङ), तथ्य इन्जिनियरिङ एण्ड इन्फ्राप्रोजेक्ट (मुम्बई), पुतलीकाठ निर्माण सेवा (दोलखा) र शिवालय बिल्डर्स (हेटौंडा) रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स