काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १३ हजार रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले घटेर १ लाख १२ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय ६५ रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १४ सय ४५ रूपैयाँ कायम भएको छ ।