सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले आज भदौ १९ गते अन्तिम दिन रहेको हो ।

कम्पनीले भदौ १५ गतेदेखि सर्वसाधारणलाई ९० लाख कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २४४ रुपैयाँमा सेयर निष्काशन गर्नेछ। यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम १५ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।

कम्पनीले यस अघि श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि रहेको छ ।

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७५ करोड पुग्ने छ । कम्पनीमा संस्थापकहरुले २ अर्ब ६२ करोड ५० लाख लगानी गरेका छन् । कम्पनीले कुल पुँजीको ३० प्रतिशत आईपीओ निष्काशन गरेको हो।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स