एसिया कप क्रिकेट : वर्षाका कारण रोकिएको नेपाल र भारतबीचको खेल पुनः सुरु

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको खेल पुनः सुरु भएको छ ।

श्रीलंकाको पालेकेले इन्टरनेसल क्रिकेट रंगशालामा वर्षाका कारण अवरुद्ध भएको खेल भरखरै सुरु भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३७ दशमलव ५ ओभर खेल्दा वर्षाका कारण खेल अवरुद्ध भएको थियो । नेपालले ३७ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै एक सय ७८ रनको योगफल बनाएको छ ।

नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा क्रिजमा रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स