नबिल इन्भेष्टमेण्ट बैकिंङले नयाँ सेयर लगानीकर्तासँग ९ महिनाको वार्षिक सेवा शुल्क नलिने

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैकिंङले दशैंको उपलक्ष्यमा सेयर बजारमा प्रवेश गर्न चाहने नयाँ लगानीकर्तासँग ९ महिनाको वार्षिक सेवा शुल्क नलिने भएको छ ।

कम्पनीले घटीमा ९ लाख रुपैयाँबाट लगानी व्यवस्थापन सेवा लिने नयाँ लगानीकर्तालाई वार्षिक ९ महिनाको सेवा शुल्क नलिने भएको हो । त्यसपश्चात कम्पनीले बाँकी अवधिका लागि वार्षिक सेवा शुल्क वापत मात्र ०.९ प्रतिशत मात्र लिने जनाएको छ ।

यस्तो सेवा प्राप्त गरेवापत लगानी रकमको ९ प्रतिशतसम्म फाईदा भएमा सो भन्दा माथिको नाफामा ९ प्रतिशतका दरले पर्फमेन्स शुल्क कम्पनीले लगाउनेछ । घटीमा ३ वर्षको लागि लकिंग हुने यस्तो रकम सेवा प्राप्त गर्दा गद्र्रै सेवाग्राहीलाई बीचैमा रकम झिक्नु पर्ने अवस्था आएमा ०.९ प्रतिशतले नै हुन आउने शुल्क तिरी बाहिरीन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको अनुसार लगानीकर्ताले आफ्नो फाईदा रकम जुनसुकै बेला बिना कुनै शुल्क झिक्नसक्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स