काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको प्रमुख वित्तीय अधिकृतमा मोहम्मद यासिर अरफिन नियुक्त भएका छन्।
यसअघि उनी स्ट्याण्डर्ड चार्टर्ड बैंक बंगलादेशमा सीसीआईबी विजनेस फाइनान्स टिमको भूमिकामा कार्यरत थिए ।
बंगलादेशका प्रमुख एमएनसी र स्थानीय बैंकहरूमा १५ वर्षभन्दा लामो अनुभव रहेका उनी बजेटिङ र योजना विज्ञ रहेको बैंकको भनाइ छ ।
बीआरएसी बैंक लिमिटेड ढाकामा बिजनेश प्लानिङ एण्ड एनालाइसिस प्रमुख ९वरिष्ठ उपाध्यक्ष०का रूपमा समेत उनको अनुभव रहेको बताइएको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक, बंगलादेशमा उनी सन् २०१० देखि २०१६ सम्म वरिष्ठ व्यवस्थापक ९फाइनान्स म्यानेजमेन्ट०को जिम्मेवारीमा समेत थिए । बंगलादेशको ढाका विश्वविद्यालयबाट एमबीए पूरा गरेका उनी सीएसमेत रहेको बताइएको छ ।