काठमाडौं । साताको दोस्रो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।
सोमबार, नेप्से परिसूचक ७.०४ अंकले बढेर १९६७.८३ अंक विन्दुमा आइपुगेको छ ।
आज ३४ लाख ३२ हजारको कित्ता सेयर १ अर्ब ९ करोड ९१ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १२६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८९ वटा कम्पनीको घटेको छ भने १४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, आईएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५ करोड २८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्सको ४ करोड १९ लाख, नबिल बैंकको ३ करोड ८५ लाख, सोल्टी होटलको ३ करोड ३८ लाख, एनआईसी एसिया बैंकको २ करोड ६४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।