काठमाडौं । भोलिदेखि बैंकहरूले स्थानीय तहमा जाने बजेटको ६० प्रतिशत रकमलाई निक्षेपको रुपमा गणना गर्न पाउने भएका छन् । स्थानीय तहमा जाने रकम निक्षेप गणना गर्न पाउने निर्णयपछि कार्यान्वयनको लागि अर्थमन्त्री महतले आइतबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतसँग छुट्टा छुट्टै भेट गरेका गरेका छन् ।
उक्त भेटमा अर्थमन्त्रीले सो निर्णय भोलिदेखि नै कार्यान्वयन लैजान निर्देशन समेत दिएका छन् । स्थानीय तहमा जाने पैसाको ६० प्रतिशत रकम निक्षेपको रुपमा गणना गर्न पाउदा बैंकहरूको लागत पनि केहि घट्ने र त्यसले ब्याजदर घटाउन सहयोग पुग्ने भएकोले यो तत्काल कार्यान्वयन लैजान लागेको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।
अर्थमन्त्री डा. महतले क्यानडा जानु अघि नै स्थानीय तहमा जाने ६० प्रतिशत रकमलाई निक्षेपको रुपमा गर्न दिने गरी निर्णय गरेका थिए।