थ्रि स्टार हाइड्रोपावरमा सकरात्मक सर्किट लाग्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । आइतबार, नेप्से परिसूचक २९.८१ अंकले घटेर १९६०.७८ अंक विन्दुमा आइपुगेको छ ।

आज ४० लाख ५३ हजारको कित्ता सेयर १ अर्ब १८ करोड ६६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ८ वटा कम्पनीको सेयर मूल्य बढ्दा २१२ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, थ्रि स्टार हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । सिक्लेस हाइड्रोपावरको ५.५६%, प्राइम डिभेन्चर २०८८ को ४.०३%, बुद्ध भुमि नेपाल हाइड्रोपावरको १.९६%, सिटिजन्स् म्यूचल फण्डको १.९१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, लिवर्टी इनर्जीको र सिटी होटलको १० प्रतिशतले नकारात्मक सर्किट लागेको छ । ग्रिन भेन्चरको ८.७९%, कुुथेली बुखरी स्मल हाइड्रोपावरको ८.३९%, सामलिङ पावरको ७.२२ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स