सामाजिक अपराधको कारण बन्दै जीवन बीमा, महिलाको हत्यामा मुखर्दशक बन्दै सरकार र नियामक निकाय

काठमाडौं । पछिल्लो समय जीवन बीमा सामाजिक अपराधको कारण बन्दै गएको छ । बीमितको हत्या गरी बीमा रकम भागबण्डा गर्ने अपराध बाराकी हजरा खातुनको हत्या काण्डसँगै उजागर भएको छ । हजरा खातुनकोे २५ र २५ लाख गरी कुल ५० लाख रुपैयाँको दुई बीमा पोलिसी एशियन लाइफ इन्स्योरेन्स कम्पनीबाट योजनावद्ध ढंगबाट लिन लगाइएको थियो ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको नाममा भुक्तानी गरेको एक करोड दुई लाख रुपैयाँ हत्या गरिएकी हजरा खातुनकी श्रीमान नाथु देवान, एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ता नाजिर अन्सारी र बीमा कम्पनी एशियन लाइफले मिलेर बाँडचुड गरेको तथ्य फेला परेसँगै जीवन बीमाको डरलाग्दो दृष्य बाहिर आएको हो ।

यसअघि पनि यस्ता बीमा दावी भुक्तानीको लोभका कहिले काहिँ छिटफूट घटना हुने गरेपनि अहिलेको घट्नाले भने सबैलाई झस्काएको छ । महिलाको हत्या गर्न लगाएर चुपचाप बसेका खातुनको श्रीमान्ले बीमा वापतको रकम हातमा आफूले देख्न समेत नपाएपछि यो हत्यको रहस्य बाहिर आएको हो ।

हत्या भएकी खातुन बीमा दावी भुक्तानी वापतको एक करोड दुई लाख रुपैयाँ एशियन लाइल इन्स्योरेन्सले गत साउन ३१ गते भुक्तान गरेपनि हत्या भएकी महिलाकी श्रीमानले पैसा पाएनन् । दावी भुक्तानी वापत आएको सो रकम हत्यामा सघाउने व्यक्ति तथा बीमा कम्पनीकै बीमा अभिकर्ता र बीमा कम्पनी स्वयम् भागबण्डामा सो पैसा गयो ।

२०७९ भदौंमा योजनाबद्ध तरिकाले एशियन लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ता नाजिर अन्सारी र आफ्नै श्रीमानबाट हत्या भइसकेपछि करिब १० महिना लामो दावी भुक्तानी प्रक्रिया चलेको थियो ।

२०८० असार ३१ गते एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दीपक श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठसहितको उपस्थितिमा चेक हस्तान्तरण गरिएको हो । यद्यपि सो चेक हस्तान्तर गर्नुअघि नै बीका दावी भुक्तानी वापत आएको रकम बाँडफाँटमा सेटिङ भइसकेको थियो ।

कानुनी व्यवस्थाअनुसार बीमा दावी भुक्तानीको सम्पूर्ण रकम बीमितले इच्छाएको व्यक्तिलाई दिनुपर्नेमा त्यसो नगरी कम्पनीले बीमितको मृत्युपछि लाभ नपाउने र हजरा खातुनसँग कुनै सम्बन्ध नै नभएका र एशियन लाइफकै बीमा अभिकर्ता नाजिर अन्सारीको नाममा २० लाख रुपैयाँको चेक काटेर भुक्तानी दिइयो । कुल एक करोड दुई लाख मध्ये ३० लाख रुपैयाँ तत्कालै कम्पनीमा नाथु देवानका दुई सन्तानको बीमा गराएर गराइएको हो ।

महिलाको हत्यापछि प्राप्त बीमा रकम बाँडफाँट गर्दा असम्बन्धित व्यक्तिलाई भुक्तानी दिएकोबारे बारा प्रहरीले अनुसन्धान गर्नेनै छ । गत वर्षको भदौंदेखि एशियन लाइफ र नेपाल पुनर्बीमा कम्पनी दुवै कम्पनीले हजरा खातुनको मृत्यु सम्बन्धमा प्रहरीसँग लिखित जवाफ माग गरेका थिए । बारा प्रहरीले लिखित जवाफ दिँदै मृतकको हत्या नभई दुर्घटना भएको प्रतिवेदन पेश गरेको थियो ।

यसअघि छानबिन नै नगरी दुर्घटना भएको प्रतिवेदन पेश गरेको बारा प्रहरीले पछिल्लो सयम भने केहि चासो देखाएको छ । यद्यपि खातुनको श्रीमान्ले हत्या नै गरेको कबुल गरेपनि प्रहरीले अभिकर्तालाई दावी भुक्तानी प्रदान गर्ने कम्पनीसँग भने अहिलेसम्म कुनै एक्सन लिन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय बाराले हजरा खातुनको हत्यापछि बीमा दावी भुक्तानी घट्नामा मृतकी श्रीमान नाथु देवान, बीमा अभिकर्ता नाजिर अन्सारीसहित ३ जनालाई हिराशतमा लिएर अनुसन्धान गरिरहेको छ ।

यसरी जीवन बीमांक रकमका कारण भएको यो हत्या जति अप्त्यारिलो छ त्यतिनै दुःख र निन्दनीय पनि छ । यसरी पैसाको लोभमा आफ्नै परिवारकै हत्यामा यसअघि पनि बारा, रौतहत, कपिलवस्तुलगायतका स्थानमा हुने गरेको छ । समाजमा फैलिएको यस्तो विकृतिलाई रोक्न न त सरकारले कुनै चासो देखाएको छ न नियामक निकाय नेपाल बीमा प्राधिकरणले कम्पनीसँग कुनै एक्सननै लिएको छ । सबै मुखदर्शक भएर एउटी महिलाको हत्याका सम्बन्धमा मौन बसेर हत्यारा उम्कन मार्ग प्रशस्त गरिरहेको छ ।

यस्तो छ घट्ना

२०७८ साल असार २९ गते दोहोरो बीमांक सुविधासहित २५ लाख र २५ लाख गरी कुल ५० लाख रुपैयाँको बीमा हजरा खातुनको नाममा उनका श्रीमान् नाथुराम देवानले बीमा गराएका थिए । बीमाको दोस्रो किस्ता भुक्तानी गरेको केही समयपछि बीरगञ्जबाट कलैयास्थित घर फर्कदै गर्दा राति ९ः०० बजेको समयमा आफैले चलाएको मोटरसाइकलमा सल बेरिएर हजरा खातुुनको मृत्यु भएको भन्दै जाहेरी प्रहरीलाई दिइएको छ ।

देवानले प्रहरी र बीमा कम्पनी दुवैतिर सेटिङ गरी मृतक श्रीमतीको नाममा रहेको बीमा पोलिसीबाट एक करोड दुई लाख ५६ हजार ५७५ रुपैयाँ बीमा दवी भुक्तानी लिएका थिए । गत असार ३१ गते बुझेको एक करोड रकम एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ दिनेशलाल श्रेष्ठले अध्यक्ष दीपक श्रेष्ठ समेतलाई समेत राखेर दावी भुक्तानी दिएका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स