साधना लघुवित्त र सबैको लघुवित्त मर्ज हुने, मर्जरपछि संस्थाको नाम ‘सबैको साधना लघुवित्त’ रहने

काठमाडौं । साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा मर्ज हुने प्रारम्भिक सम्झौता भएको छ। भदौ १५ गते दुई संस्थाबीच मर्जरसम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो।

सम्झौतापत्रमा साधना लघुवित्तका तर्फबाट अध्यक्ष कृष्णबहादुर थापा र सबैको लघुवित्तका तर्फबाट अध्यक्ष नारायणप्रसाद जोशीले हस्ताक्षर गरेका छन्।

मर्जरपछि बन्ने संस्थाको नाम ‘सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड’ रहने सहमति भएको छ।

सहमतिअनुसार सञ्चालक समिति अध्यक्षमा हालको साधना लघुवित्तका अध्यक्ष थापा र प्रमुख कार्यकारी अधिकृतमा सबैको लघुवित्तका केशवकुमार पौडेल रहनेछन्।

मर्जर सम्झौता भएसँगै दुवै कम्पनीको आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का हुने छ ।

साधनाको प्रमुख संस्थापकमा कुमारी बैंक, शांग्रिला डेभलपमेन्ट बैंक, एक नारायण चापागाई लगायत रहेका छन् । सबैको लघुवित्तको प्रमुख संस्थापाकमा शशिकान्त अग्रवाल, पृथ्वी, चन्द्र ढकाल, हेमराज ढकाल, रेखा घिमिरे लगायत रहेका छन् ।

तनहुँ जिल्लाको बन्दीपुर–१ डुम्रेस्थित केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था सबैको लघुवित्तको चुक्तापुँजी ३१ करोड ८६ लाख रुपैयाँ रहेको छ।

गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं. ६ हरमटारीस्थित केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था साधनाको चुक्तापुँजी ३८ करोड २२ लाख ५८ हजार ३ सय ४५ रुपैयाँ रहेको छ।

मर्जरपछि संस्थाको चुक्तापुँजी ७० करोड रुपैयाँ माथि पुग्नेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स