क्यानले गर्यो एओसीआर संशोधनःअब वायुसेवा सञ्चालक कम्पनीहरूले ५ वर्षसम्म सेयर बिक्री गर्न नपाउने, ५ वटा जहाज अनिवार्य हुनुपर्ने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट (एओसीआर) संशोधन गरेको छ । प्राधिकरणले शुक्रबार एओसीआर संशोधन गर्दै सबै वायुसेवा कम्पनीले जहाजको संख्या न्यूनतम् ५ वटा बनाउनुपर्ने व्यवस्था गरेको हो । यो संख्या कम्पनीले ५ वर्षभित्रमा पुर्याउनु पर्नेछ । सो कार्य गर्नको लागि कम्पनीहरू एक आपसमा मर्जरमा पनि जान सक्नेछन् । वायुसेवा संचालन गर्न इच्छुक नयाँ कम्पनीसँग न्यूनतम ३ वटा जहाज हुनुपर्ने व्यवस्था भएको छ ।

संशोधित व्यवस्थाअनुसार अब वायुसेवा कम्पनीले ५ वर्षसम्म सेयर बिक्री गर्न पाउने छैनन् भने No Objection Certificate प्राप्त गरेको न्यूनतम् ५ वर्षको अवधिसम्म सेयर लगानीकर्ताले आफ्नो सेयर बिक्री वा हस्तान्तरण गर्न पनि पाउने छैन ।

वायुसेवा कम्पनीका अध्यक्ष, सेयर लगानीकर्ता, कार्यकारी निर्देशक, Accountable Manager tyf Post Holder हरुले प्राधिकरण तथा नेपाल सरकारका नीति तथा कार्यविपरीतका क्रियाकलाप सञ्चालन गर्न एवं सो सम्बन्धमा आफ्ना धारणा सार्वजनिक रुपमा व्यक्त गर्न पाइने छैन ।

वायुसेवा कम्पनीका अध्यक्ष, सेयर लगानीकर्ता, कार्यकारी निर्देशक तथा एकाउन्टेबल म्यानेजरले प्राधिकरणद्वारा प्रदान गरिएको CPL, ATPL jf AML License प्राप्त गरेको भए सो को अभ्यास व्यावसायिक उडान वा मर्मतसम्भार गतिविधिमा गर्न पनि पाइने छैन ।

वायुसेवा कम्पनीका Accountable Manager tyf Post Holder हरुले कम्पनीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वार्थ बाझिने प्रकृतिका गतिविधि एवं व्यवसायिक कार्यहरु (जस्तै टुर्स एन्ड ट्राभल्स) आदिमा संलग्न हुन पनि नपाउने व्यवस्था गरेको एओसीआर संशोधनमा गरिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स