घट्यो दुवै सुनचाँदीको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले घटेर १ लाख १२ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १४ सय ८० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १४ सय ७० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स