काठमाडौं । आइतबार छापावाला सुनको मूल्य १ सय रूपैयाँले बढेको छ ।
शुक्रबार, सुन प्रतितोला ९० हजार ६ सय रूपैयाँ कायम भएकोमा आज भने १ सय रूपैयाँले बढेर ९० हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।
साथै, शुक्रबार चाँदी प्रतितोला ११ सय ७० रूपैयाँ कायम भएकोमा आज भने ५ रूपैयाँले बढेर ११ सय ७५ रूपैयाँ कायम भएको छ ।