भोलि शनिबार उपत्यकाको यी स्थानमा साढे ८ घण्टा हुँदैछ विद्युत सेवा बन्द

काठमाडौं । भोलि शनिबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत आपूर्ति प्रभावित हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले आज एक सूचना जारी गरेर शनिबार रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरुबाट विद्युत आपूर्ति प्रभावित जानकारी दिएको हो । उक्त क्षेत्रमा शनिबार बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म विद्युत सेवा प्रभावित हुने सूचनामा उल्ल्ेख गरिएको छ । ।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा टेकू सबस्टेसन स्तरोन्नति गर्ने कार्यका लागि शनिबार विद्युत सेवा अवरुद्ध हुन लागेको हो । पछिल्लो समय शनिबारको दिन केही घण्टाका लागि विद्युत आपूर्ति बन्द गरेर टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य भइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स