निगमले फेरि बढायो पेट्रोल र डिजेल मूल्य, खाना पकाउने ग्यासको मूल्य पनि २३५ रुपैयाँले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोल मूल्य प्रतिलिटर ४ रुपैयाँ, डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २३५ रुपैयाँले बढाएको हो ।

अब काठमाडौंमा पेट्रोलको मूल्य एक लिटरको १८२ रुपैयाँ पुगेको छ भने डिजेल मट्टीतेलको मूल्य १७० रुपैयाँ र खाना पकाउने एलपी ग्यासको प्रतिसिलिण्डर मूल्य १८ सय ९५ रुपैयाँ पुगेको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/08/CamScanner-08-31-2023-20.37.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स