नेपाल बंगलादेश बैंकको लाभांश घोषणा

काठमाडौं । नेपाल बंगलादेश बैंकको लाभांश घोषणा भएको छ । बैंकको असोज २४ गते (आइतबार) बसेको सञ्चालक समितिको ३७५ औं बैंठकबाट आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो ।

बैंकले सेयरधनीलाई १५.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले १२ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने करसहित ३.५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति र अगामी साधारण सभाबाट पारित भएपछि उक्त प्रस्तावित लाभांश सेयरधनीहरुमा वितरण गरिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स