काठमाडौं । पाकिस्तानले नेपाललाई एसिया कप क्रिकेटको उद्घाटन खेलमा ३४३ रनको लक्ष्य दिएको छ । मुल्तान स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४३ रन बनाएको छ ।
कप्तान बाबर आजम र इफ्तिखार अहमदको उत्कृष्ट साझेदारीसँगै पाकिस्तानले एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाललाई ३४३ रनको विशाल लक्ष्य दिएको हो ।
पाकिस्तानका लागि बाबर आजमले शतकीय पारी खेले । उनले १३१ बल खेलेका बाबरले १४ चौका र ४ छक्काको सहयोगमा १५१ रन बनाए ।
त्यस्तै इस्तफिकरले १०९ रनको शतकीय पारी खेले । ७१ बल खेलेका उनले ११ चौका र ४ छक्का प्रहार गरे ।
पकिस्तानका मोहमद रिजवानले ४४ रन बनाउँदा फकर जमानले १४ रनको योगदान गरे ।
टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीलाई खेलको सुरुवातमा नेपाली बलरहरुले दबाबमा राखेका थिए । २१ रन बनाउँदा फखार जमानलाई करण केसीले पभेलियनको बाटो देखाए । थप चार रन जोड्दा अर्का ओपनर इमाम उलहक रनआउट भए । कप्तान रोहितकुमार पौडेलले डाइरेक्ट हिट मारेका थिए ।
अन्तिम दुई बल खेल्नुअघि सोमपाल कामीले आजमको विकेट लिए ।
अन्तिम बलमा सोमपालले शदाब खानको विकेट लिएपछि पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनायो ।
नेपालका सोमपाल कामीले २, करण केसी र सन्दीप लामिछानेले समान १–१ विकेट लिए ।