काठमाडौं । बुधबार, नेप्से परिसूचक २.८२ अंकले घटेर १९९०.५९ अंक विन्दुमा आइपुगेको छ ।
आज ३८ लाख ३ हजारको कित्ता सेयर १ अर्ब १३ करोडमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ७९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३१ वटा कम्पनीको घटेको छ भने १९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सिटी होटलको ९.८८%, सानिमा डिबेन्चरको ५.७२%, माया खोला हाइड्रोपावरको ४.२३%, एनआइबीएल ग्रोथ फण्डको ३.१२%, लक्ष्मी सनराइज बैंकको २.८९ प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यस्तै, सिद्धार्थ इक्विटी फण्डको ७.९४%, मिथिला लघुवित्तको ६.०२%, कुथेली बुखरी स्मल हाइड्रोको ५.४८%,आशा लघुवित्तको ४.६७%, नेपाल एसबिआई बैकको ४.०४ प्रतिशतले सेयर मूल्य घटेको छ ।