सानिमा बैंकको साधारणसभा कात्तिक १४ गते

काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुका घोषणा गरिएको लाभांश पारित गर्न सानिमा बैंकले साधरणसभा बोलाएको छ । बैंकले कात्तिक १४ गते आईतबार आम्रपाली ब्यांकेट बालुवाटार काठमाडौंमा १७ औं वार्षिक साधारण सभा डाकेको हो ।

सो सभा बिहान ११ बजे शुरु हुनेछ । कोभिड १९ महामारीको जोखिमका कारण साधारण सभामा सहभागी हुन इच्छुक सेयरधनीहरुलाई भिडियो कन्फ्रेन्स मार्फत जुम आईडी र पासकोड उपलब्ध गराउने बैंकले जनाएको छ ।
सभाले हाल कायम चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक पदमा बाँकी कार्यकालका लागि गरिएको सञ्चालकहरुको नियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने सूचनामा जनाइएको छ ।

साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक ७ गते एक दिनको लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार कात्तिक ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुकोे साधारण सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स