दशौं ‘नेपाल भर्चुअल एजु फेयर’ शुरु

काठमाडौं । नेपाल भर्चुअल एजुकेशन प्रा. लि ले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि आजबाट ‘नेपाल भर्चुअल एजु फेयर’ शुरु गरेको छ । स्नातक तह का व्यवस्थापन आई टी, इन्जिनियरिङ लगायतका विभिन्न विभागकायका प्रोग्रामहरु संचालन गरेका कलेजहरूले भर्चुअल एजु फेयर मार्फत आफ्नो कलेजको प्रमोसन गर्ने अवसर पाएका छन् ।

त्यस्तै, स्नातक तहमा पढ्ने तयारी गरेका पल्स २ पास भएका विद्यार्थीहरूले कुन प्रोगाम र कुन कलेज आफ्नो लागि उपयुक्त हुन्छ भनेर घरमै बसी बसी भर्चुअल टुर मार्फत जानकारी प्राप्त गर्ने अवसर प्राप्त गर्नेछन् ।

साथै नेपाल एजु फेयरमा रजिस्ट्रेशन भएका विद्यार्थीहरूले विभिन्न कलेजहरूमा पूर्ण र आंशिक दुवै खालको छात्रवृत्ति समेत प्राप्त गर्न सक्ने अवसर पनि रहेको कुरा नेपाल भर्चुअल एजु फेयर संचालकका एकेडेमिक हेड राजेन्द्र प्रसाद अधिकारीले जानकारी गराएका छन् । उनका अनुसार विगतका वर्षहरूमा आर्थिक रूपमा विपन्न तर पढाइमा राम्रो गरेका जेहन्दार अनि विभिन्न क्षेत्र, जात र समुदायका सयौं विद्यार्थीहरूले एजु फेयरको सहयोगबाट छात्रवृत्ति प्राप्त गर्न सकेका थिए।

नेपाल भर्चुअल एजु फेयरको वेभ साइटमा आवद भएका कलेजहरूको बारेमा धधध।लभउबभिमगाबष्च।अयm मा क्लिक गरेर विस्तृत जानकारी लिन सकिन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स