काठमाडौं । दशैं नजिकिएसँगै अटोमोबाइल्स कम्पनीहरुले विशेष अफरसहित बिक्री खुला गरेका छन् । वर्षभरिको कुल बिक्रीमध्ये सवारीसाधनको बिक्री चाडबाडको समयमा हुने गरेको छ । दशैंमा नयाँ सामान खरिद गर्ने नेपालीहरुको चलन रहेको छ ।
चाडबाड बढेपछि सवारी खरिद कर्ताको संख्यामा वृद्धि भएको र यसले गर्दा विगतमा सुस्ताएको अटो बजारले गति लिने क्रममा रहेको व्यवसायीहरुले बताएका छन् ।
चाडबाड आएसँगै अटोमोबाइल्स कम्पनीहरूले धमाधम विशेष छुट र उपहार दिएर ग्राहकलाई आर्कषित गर्ने कम्पनीहरु तिब्र प्रतिस्पर्धा गरिरहेका छन् । दशैंमा यामाहा, बजाज, हिरो, होन्डा, टीभीएस, सुजुकि लगायतका नेपालमा बढी प्रयोग हुने दुई पांग्रे सवारीमा विशेष छुट दिएका छन् ।
यामाहा
नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारीक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैं तिहार लक्षित गरेर बाइक एक्सचेञ्ज योजना ल्याएको छ । यही असोज ८ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा वृहत्तर यामाहा महा एक्सचेञ्ज मेला सञ्चालनमा भएको थियो ।
हाल कम्पनीले यमाहाका डिलरहरुमा एक्सचेन्ज मेला सञ्चालन गरिरहेको छ । कम्पनीले असोजको २५ गते सम्म दशैँलाई लक्षित गरेर एक्सेन्ज मेला सञ्चालन गरिरहेका छन् । महाएक्सजेन्ज मेलामा कम्पनीले यामाहाको एमटी १५– बीएस ६ बाइक नेपालमा सार्वजनिक गरेको थियो । स्पोर्टस बाइक मा बजारमा यूवा लक्षित गरेर आएको एमटी १५– बीएस ६ आधुनिक प्रविधिको बाइक हो । एमटी १५ बीएस४ ले प्राप्त गरेको सफलता पछि याहामाले नयाँ एमटी १५ बिएस ६ ल्याएको कम्पनीले जनाएको छ ।
कुनै पनि ब्राण्डका पुराना बाइक तथा स्कुटीहरुसँग सट्टापट्टा गर्ने समेत सुविधा रहेको छ । कुनै पनि पुरानो बाइकको मूल्य बजारमा प्रचलित रहेको भन्दा १० हजार रुपैयाँ बढी मूल्यांकन गरिने कम्पनीले जनाएको छ । शून्य प्रतिशत ब्याजदर, न्यून डाउनपेमेन्ट र न्यून मासिक किस्तामा फाइनान्सको सुविधा पनि प्रदान गरेको कम्पनीले जनाएको छ । उपभोक्ताका लागि दसैं तिहारको अवसर पारेर स्क्य्राच गर्दा एक लाख रुपैयाँसम्म नगद उपहार पर्ने, तथा हरेक हप्ता लक्की ड्रमा ४ तोला सुनको एक्का र बम्परमा १२ तोला सुनको एक्का उपहार पर्ने बताइएको छ ।
बजाज
बजाज मोटरसाइकलको अधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘फाइदा मोर, टेन्सन नो मोर’ शीर्षकका साथ बजाज एक्सचेन्ज महामेला अफरको ल्याएको छ । यो अफर यही १७ देखि सुरु भएको मेला असोज २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा अफरअन्तर्गत ग्राहकहरुले कुनै पनि ब्राण्डको पुरानो बाइक लिएर आउन सक्नेछन् र नयाँ बजाज बाइक लिएर घर फर्कन सक्ने छन् । यसमा १८ भन्दा बढी भ्यालुएटरहरु रहेका छन् र कुनै पनि मोटरसाइकलको प्रचलित बजार भ्यालुएसन भन्दा १० हजार रुपैयाँ थप गरिदिने कम्पनीले जनाएको छ ।
यसका अतिरिक्त बजाज नेपालले ५० प्रतिशत डाउनपेमेन्टमा शून्य प्रतिशत ब्याज, निःशुल्क एसेसरिज र निःशुल्क जाँच शिविर पनि प्रदान गरेको छ । यस्तै एक भाग्यशाली विजेताले सामसङ एम सिरीज मोबाइल र लक्की डोर प्राइज जित्ने मौका पाउनेछन् ।
ग्राहकले बाइक किन्नु भन्दा पहिले १० हजार रुपैयाँसम्मको अग्रिम नगद प्राप्त गर्न सक्छन् । त्यसबाहेक उपभोक्ताले मोटरसाइकलको खरिदको दौरानमा एक लाख रुपैयाँसम्मको नगद मूल्य प्राप्त गर्न सक्छन् । बम्पर अफरमा भने कुनै पनि आधिकारिक डिलरबाट बजाज मोटरसाइकल किनिसके पछि एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्न सक्नेछन् ।
दशैंको विशेष अवसरमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज खुसी को ३ डोज’ योजना सार्वजनिक गरेको छ । ग्राहकहरुले यस अफर अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नु भन्दा पहिले, किन्ने बखत र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्दछन् ।
ग्राहकहरुले बाइक किन्नु भन्दा पहिले १० हजार रुपैयाँसम्मको अग्रिम नगद प्राप्त गर्न सक्छन् । त्यस बाहेक उपभोक्ताहरुले मोटरसाइकलको खरीदको दौरानमा एक लाख रुपैयाँसम्मको नगद मूल्य प्राप्त गर्न सक्छन् । बम्पर अफरमा भने कुनै पनि अधिकृत डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि दश लाख रुपैयाँ पुरस्कार प्राप्त गर्न सक्छन् ।
हिरो
नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले बडा दशैं २०७८ को उपलक्ष्यमा ‘दसैंंको बेला हिरोको मेला’ भन्ने नयाँ योजना ल्याएको छ ।
यस योजनाअन्र्तगत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार रुपैयाँ पक्का छुट, स्क्रयाच कार्डमार्फत एक लाख रुपैयाँसम्म पाउन सक्ने र बम्पर लक्की ड्रमार्फत एक जनाले एक लाख रुपैयाँ नगद पाउने छन् ।
साथै सबै हिरो मोटरसाइकल र स्कुटरमा शून्य प्रतिशत ब्याजमा ५० प्रतिशतसम्म फाइनान्स सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
होन्डा
नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले आफ्नो दशैंं तथा तिहार स्किम ‘होण्डाको साथ ७’ ल्याएको छ । नेपालमै पहिलो पटक सात प्रदेशलाई समावेश गरिएको यस योजनामा हरेक प्रदेशबाट होण्डा खरिद गर्ने १ जनालाई एक लाख प्रदान गरिनेछ ।
यस योजनाको समय अविधि भर होण्डाका ग्राहकहरुले स्क्रयाच कुपनमार्फत हात खाली नजाने गरी एक लाखसम्म नगद उपहार प्राप्त गर्न सक्नेछन् । यसका साथै यस योजना अन्तर्गत ग्राहकहरुले, ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी होण्डा बिग बाइकको खरिदमा ४० हजारसम्मको क्यास ब्याक पाउन सक्नेछन् । यति मात्र नभई यस योजनामा तपाईंहरुले मात्र १ रुपैयाँको डाउन पेमेन्ट, १ रुपैयाँको इएमआइ र १ प्रतिशत ब्याजदरमा समेत होण्डा खरिद गर्न सक्नेछन् । बम्परमा सहभागी १ जना भाग्यसाली ग्राहकहरुले १५ लाखसम्मको नगद पुरस्कार जित्ने मौका प्राप्त गर्न सक्नेछन् ।
टीभीएस
दशैं, तिहार र छठलाई लक्षित गर्दै टीभीएसले ‘टीभीएस ६ प्राइजको सरप्राइज’ योजना ल्याएको छ ।
६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजनाअन्तर्गत ग्राहकहरूले विभिन्न टीभीएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुन्जेल विभिन्न आकर्षक तथा भव्य उपहारहरू प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
योजना यही भदौ १६ गतेदेखि प्रारम्भ भई सम्पूर्ण चाडपर्वहरूको समापनपछि समाप्त हुने कम्पनीले जनाएको छ । योजना मुलुकभरिका सम्पूर्ण टीभीएस शो रुमहरूमा उपलब्ध हुनेछ । यस योजनाले एकपटक, दुईपटक मात्र नभएर ६ पटकसम्म ‘प्राइजको सरप्राइज’ प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यस योजनाअन्तर्गत ग्राहकले किन्दै नकिनी टीभीएसको वेबसाइटमा गएर एक लाखसम्म जित्न सक्नेछन् र सवारी खरिद गर्दा १० लाखसम्मको भारी नगद हात पार्न सक्ने कम्पनीले जनाएको छ । यस्तै, दैनिक रियलमी सी २० स्मार्टफोन पनि ग्राहकको लागि उपहारस्वरूप यस योजनाअन्तर्गत राखिएको कम्पनीले जनाएको छ ।
यसैगरी यस योजनाले ग्राहकलाई हरेक हप्ता शतप्रतिशत क्यास ब्याकको अफरसमेत राखेको कम्पनीले जनाएको छ । जसमा ग्राहकले सवारी खरिद गर्दा बुझाएको सम्पूर्ण रकम फिर्ता पाउनेछन् भने हरेक महिना टीभीएस अपाचे आआर ३१० पाउनेछन् । यस योजनाको मुख्य सरप्राइज यसको बम्पर प्राइज रहेको र यसमा ग्राहकले योजनाको अन्त्यमा टीभीएसको सवारीसँगै प्रोटोन साँगा कार जित्ने कम्पनीले जनाएको छ ।
सुजुकी
सुजुकी मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले आफ्नो उत्कृष्ट ब्राण्ड सुजुकीका लागि दशैं तिहारलाई मध्यनजर गर्दै ‘दशैं आयो उमंग छायो क्यास ब्याकको साथै बम्पर पायो’ उपहार योजना ल्याएको छ ।
यस उपहार योजनाअन्तर्गत कुनै पनि सुजुकी ब्राण्डका मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ क्यासब्याक पाउनुका साथै हरेक दुई हप्तामा बम्पर पुरस्कारको रुपमा सुजुकी इन्टु«डर बाइक पाउने पक्का रहेको कम्पनीले जनाएको छ । साथै एक वर्षको सवारी कर तथा फाइनान्स र सट्टापट्टाको सुबिधासमेत रहेको कम्पनीले जनाएको छ ।
‘दशैं आयो उमंग छायो क्यासब्याकको साथै बुम्पर पायो’ अन्तर्गत ग्राहकले झन्झट बिना हरेक खरिदमा १० हजार रुपैयाँ क्यासब्याक पाउनेछन् । यस्तै हरेक दुई हप्तामा फेसबुक लाइभबाट बम्पर पुरस्कारको रुपमा इन्टु«र बाइक जित्ने छन् ।